गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेल को हस्ताक्षरसहितको नयाँ ५०० रुपैयाँको नोट बुधबारदेखि चलनचल्तीमा ल्याएको छ। नयाँ नोटको डिजाइन पुरानैसँग मिल्दोजुल्दो भए पनि सुरक्षा विशेषता, सिरिज संरचना र पहिचान प्रणालीमा सुधार गरिएको छ।नोटमा सगरमाथा, लालीगुराँसको पानी छाप, दृष्टिविहीनका लागि दुई काला थोप्ला, रंग परिवर्तन हुने कुबेरको चित्र र विशेष सुरक्षण धागो राखिएको छ। पछाडिको भागमा पाटे बाघको चित्र समावेश गरिएको छ।राष्ट्र बैंकका अनुसार करिब ३० लाख थान नयाँ नोट बजारमा प्रवेश गर्नेछन् र पुराना २०२० सिरिजका ५०० रुपैयाँका नोट क्रमशः प्रतिस्थापन गरिनेछ।

LOAD MORE