June 12, 2026 0 MIN READ

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

0 MIN READ
%e0%a4%ae%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%87%e0%a4%b2-%e0%a4%a8%e0%a4%b7%e0%a5%8d%e0%a4%9f-%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%aa

सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको घटनाप्रति मोबाइल व्यवसायीहरूले आपत्ति जनाएका छन्। उनीहरूले उक्त कार्यलाई कानुनी र नैतिक रूपमा गलत भन्दै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।कार्यक्रममा सहभागी व्यवसायीहरूले मोबाइलमा व्यक्तिगत डेटा र महत्वपूर्ण जानकारी हुने भएकाले उपकरण नष्ट गर्दा ठूलो क्षति भएको बताएका छन्। साथै, प्रभावित व्यक्तिलाई क्षतिपूर्ति दिन र डिजिटल अधिकार तथा डेटा सुरक्षाको विषयमा सरकार गम्भीर बन्नुपर्ने माग गरिएको छ।