इप्पानको नयाँ नेतृत्वद्वारा शपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता

%e0%a4%87%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b5

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ। विधानअनुसार वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी अध्यक्ष बनेका छन् भने नयाँ कार्यसमितिले ऊर्जा क्षेत्रका समस्या समाधान, लगानी प्रवर्द्धन र विद्युत् व्यापार विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।नवनिर्वाचित सचिव कृष्ण घिमिरेले जलविद्युत् क्षेत्रका नीतिगत तथा पूर्वाधारगत चुनौती हटाउन सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै ऊर्जा क्षेत्रमा आमूल परिवर्तनका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।