१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले लामो समयदेखि प्रगति नगरेका जलविद्युत् आयोजनाहरूको अनुमति खारेज गर्न सिफारिस गरेको छ। कुल १,३८८ मेगावाट क्षमताका ३८ आयोजनालाई अनुमति रद्द गर्नुपर्ने राय दिइएको हो।समितिको प्रतिवेदनअनुसार केही आयोजनालाई प्राथमिकता, केहीलाई प्रोत्साहन र केहीलाई छिटो सम्पन्न गराउन सहजीकरण गर्ने सूचीमा राखिएको छ भने कमजोर प्रगति भएका परियोजनालाई कारबाहीको सिफारिस गरिएको छ। साथै, पीपीए भए पनि लामो समयसम्म काम सुरु नगरेका आयोजनामाथि अनुमति खारेजीको प्रक्रिया अघि बढाइने भएको छ।