June 4, 2026 0 MIN READ

हङकङमा प्रदर्शन हुँदै नेपाली सिनेमा ‘जोर ढुंगा’

0 MIN READ
%e0%a4%b9%e0%a4%99%e0%a4%95%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%a8%e0%a5%87

काठमाडौं । लेखक तथा निर्देशक युगल पोमोद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ। चलचित्रको फर्स्टलुक पोस्टर गत मे ३० मा सार्वजनिक गरिएको थियो।निर्माण पक्षका अनुसार आगामी अगस्ट ३०, २०२६ मा हङकङको हुङहम वाम्पोस्थित सानविम सिनेमा हलमा चलचित्रको ग्राण्ड प्रिमियर आयोजना गरिनेछ।ताप्लेजुङको निगुरादेन क्षेत्र आसपास छायांकन गरिएको चलचित्र लिम्बु समुदायको पृष्ठभूमिमा आधारित छ। अंग्रेजी सबटाइटलसहित निर्माण गरिएको चलचित्रले लिम्बु संस्कृति र जीवनशैलीलाई प्रस्तुत गर्ने प्रयास गरेको जनाइएको छ।वाई के फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा जेनेक्स मिडिया र शाहसी डिजिटलको सहकार्य रहेको छ। चलचित्रका निर्माता रमेश लिम्बु, रोमन लावती र योगेश लामा हुन् भने ह्यारी योञ्जन कार्यकारी निर्माता रहेका छन्।चलचित्रमा प्रतीक थेबे लिम्बु, मौसम इम्बुङ, पुष्पाञ्जली तिल्लिङ, योगेश लामा, हार्दिक पौडेल, सिद्धार्थ लिम्बु, विष्णु राई तथा मदनकुमारी पोमु लिम्बूको मुख्य भूमिका रहेको छ।सुरेन्द्र रानाको गीत तथा संवाद लेखन रहेको चलचित्रको सम्पादन अनिल कुमार महर्जन र छायांकन मोहनकुमार झिल्लुले गरेका छन्।