June 2, 2026 0 MIN READ

एन पेनाङ एफसी दोस्रो आरटी गोल्डकपको च्याम्पियन

0 MIN READ
%e0%a4%8f%e0%a4%a8-%e0%a4%aa%e0%a5%87%e0%a4%a8%e0%a4%be%e0%a4%99-%e0%a4%8f%e0%a4%ab%e0%a4%b8%e0%a5%80-%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%86%e0%a4%b0%e0%a4%9f%e0%a5%80

क्वालालम्पुर । मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ।

आरटीएफसी मलेसियाको आयोजनामा भएको फाइनलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।

उपाधिसँगै एन पेनाङ एफसीले ट्रफीसहित २२ हजार मलेसियन रिंगिट नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता न्यु ब्राइज क्लबले ११ हजार मलेसियन रिंगिट पुरस्कार हात पारेको आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सुरेश खत्री सर्वश्रेष्ठ खेलाडी (एमभीपी) तथा सर्वाधिक गोलकर्ताका रूपमा घोषित भए। उनको प्रदर्शनले टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेको थियो।

समापन समारोहमा आरटीएफसी मलेसियाका अध्यक्ष राजु तामाङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, स्वयंसेवक, खेलाडी, समर्थक तथा सम्बन्धित सबै पक्षप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नेपाली समुदायमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

मलेसियामा रहेका नेपाली समुदायबीच लोकप्रिय बन्दै गएको आरटी गोल्डकपले खेलकुदमार्फत आपसी एकता, भाइचारा र सद्भाव प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ। यस संस्करणमा विभिन्न टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो।