June 1, 2026 0 MIN READ

बाजुरामा भीरबाट लडेर दुई जनाको मृत्यु, ट्र्याक्टर दुर्घटनामा चालक घाइते

0 MIN READ
%e0%a4%ac%e0%a4%be%e0%a4%9c%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%80%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b2%e0%a4%a1%e0%a5%87%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%88

बाजुराको बडीमालिका नगरपालिकामा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा बडीमालिका नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानी रहेका छन्। वनमा घाँस काट्ने क्रममा भीरबाट लडेका दानीलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

यस्तै, बडीमालिका नगरपालिका–६ कोर्धकी ६ वर्षीया जसना खड्काको पनि भीरबाट चिप्लिएर मृत्यु भएको छ। आमासँग नजिकैको वनमा घाँस काट्न गएकी जसना दुर्घटनामा परेकी हुन्।

उता, बडीमालिका नगरपालिका–२ भौनेरामा ट्र्याक्टर दुर्घटना हुँदा चालक दिपेन्द्र चौधरी घाइते भएका छन्। उनको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।