विद्यालयबाट फर्किंदै गरेकी ५ बर्षिया बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु
0 MIN READ
सर्लाहीमा विद्यालयबाट घर फर्किंदै गरेकी ५ वर्षीया बालिका ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ।बिहीबार दिउँसो बलरा नगरपालिका–६ मिर्जापुरस्थित भित्री सडकमा गडहियाबाट मिर्जापुरतर्फ आउँदै गरेको ना.४ त.८८३४ नम्बरको सिमेन्ट र छड लोड गरिएको ट्याक्टरले स्थानीय अर्जुन साहकी छोरी अंकिता कुमारी साहलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा बालिकाको घटनास्थलमै मृत्यु भएको हो। उनी श्री आधारभूत विद्यालयबाट पढेर घर फर्किने क्रममा दुर्घटनामा परेकी थिइन्।घटनापछि प्रहरी टोली घटनास्थल पुगेर ट्याक्टर नियन्त्रणमा लिएको छ। ट्याक्टर चालक कृष्णकुमार साह भने फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।