June 2, 2026 0 MIN READ

रमा तिवारी मृत्यु प्रकरण : दोषी पहिचान गरी कारबाही गर्न परिवारको माग

0 MIN READ
%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%b0%e0%a4%a3

झापा । दमक–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको मृत्यु प्रकरणको सत्यतथ्य अझै सार्वजनिक हुन नसकेको भन्दै परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।

गत जेठ १३ गते राति घरबाट निस्किएकी तिवारीको शव दुई दिनपछि रतुवा खोलाको पुलमुनि फेला परेको थियो। शव परीक्षणका लागि धरान पठाइएकोमा सोमबार परिवारलाई बुझाइएपछि इसाई परम्पराअनुसार बेलडाँगीमा अन्त्येष्टि गरिएको छ।

मृतककी आमा मुना तिवारीले छोरीको हत्या भएको दाबी गर्दै घटनामा संलग्न व्यक्तिको पहिचान गरी यथाशीघ्र सार्वजनिक गर्न र कानुनी कारबाही गर्न माग गरेकी छन्।

उनले छोरीको एक युवकसँग निकट सम्बन्ध रहेको र विवाहको विषयमा समेत परिवारमा छलफल हुने गरेको बताएकी छन्। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।