June 3, 2026 0 MIN READ

बजेटमा एआईलाई प्राथमिकता दिइएको स्वागतयोग्य, कार्यान्वयनमा निजी क्षेत्रसँग सहकार्य बढाउन विज्ञहरूको सुझाव

0 MIN READ
%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%86%e0%a4%88%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%ae%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be

काठमाडौं । एआई एसोसिएसन नेपालका अध्यक्ष तथा मेरो जबका संस्थापक शैलेन्द्रराज गिरीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा कृत्रिम बुद्धिमत्ता (एआई) लाई प्राथमिकता दिइनु सकारात्मक भए पनि यसको सफल कार्यान्वयनका लागि सार्वजनिक–निजी साझेदारीलाई स्पष्ट रूपमा अघि बढाउनुपर्ने बताएका छन्।बुधबार आयोजित बहु–सरोकारवाला परामर्श कार्यक्रममा बोल्दै उनले बजेटमा ‘सोभरेन एआई’ अवधारणा समावेश हुनु स्वागतयोग्य भए पनि एआई, डेटा सेन्टर, कम्प्युटिङ पूर्वाधार र सफ्टवेयर व्यवस्थापनजस्ता क्षेत्रको कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गरे।