फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै
काठमाडौं । फिफा विश्वकपमा भोलि शनिबार समूह 'जी', 'एच' र 'आई' अन्तर्गतका महत्त्वपूर्ण भिडन्तहरू हुने भएका छन्। समूह चरणको प्रतिस्पर्धा दिनप्रतिदिन थप उत्तेजनापूर्ण बन्दै गइरहेको छ र विभिन्न राष्ट्रिय टोलीहरू नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना पक्का गर्ने उद्देश्यले मैदानमा ओर्लनेछन्। समूह 'आई' मा नर्वे र फ्रान्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ। ठीक सोही बेला सेनेगल र इराकबीच पनि कडा टक्कर हुनेछ। समूह 'एच' मा काबो भर्डे र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने सोही समूहको अर्को खेलमा उरुग्वे र स्पेन आमनेसामने हुनेछन्। यी दुवै खेल बिहान ५ः४५ बजे सुरु हुनेछन्। समूह 'जी' अन्तर्गत न्यूजिल्यान्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ र अर्को खेलमा इजिप्ट र इरान भिड्नेछन्। यी दुवै खेल बिहान ८ः४५ बजे सुरु हुने कार्यक्रम रहेको छ। समूह चरणका यी खेलहरूले अंक तालिकामा निर्णायक असर पार्ने अपेक्षा गरिएको छ। थप पढ्नुहोस् संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी