सांसद गणेश पौडेलमाथि मसी प्रहार, रास्वपाको कडा भत्र्सना

mp-ganesh-poudel-ink-attack-rsp-condemns

काठमाडौं । रौतहट क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको मसी प्रहार तथा दुव्र्यवहारको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले गम्भीर चासो व्यक्त गरेको छ।

मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शनिबार सार्वजनिक गरेको वक्तव्यमा साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किंदै गर्दा सांसद पौडेलमाथि भएको कालो मसी प्रहार र दुव्र्यवहारको घटनाको तीव्र निन्दा गरिएको छ।

पार्टीका अनुसार लोकतन्त्रमा असहमति जनाउने र विरोध गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिविरुद्ध हुने हिंसा, दुव्र्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक मुलुकमा स्वीकार्य हुन नसक्ने बताइएको छ। यस्ता घटनाले विधिको शासन र सभ्य राजनीतिक परम्परालाई नै कमजोर बनाउने वक्तव्यमा जनाइएको छ।

रास्वपा संसदीय दलले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, तथ्य सार्वजनिक गर्न र भविष्यमा यस्तो घटना नदोहोरिने गरी जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै पार्टीले लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन र अहिंसात्मक राजनीतिक अभ्यासप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।

थप पढ्नुहोस्