सर्वोत्तम पेन्ट्सको ७.०५ लाख कित्ता आईपीओ जेठ २८ देखि खुल्ने
0 MIN READ
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर जारी गर्न लागेको हो। यसअघि पहिलो चरणमा वैशाख २१ देखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८५ हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँट सम्पन्न गरिएको थियो।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अवधि छिटोमा असार २ गतेसम्म र आवश्यक परेमा असार ११ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युयर रेटिङ’ प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम संकेत गर्दछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा वा ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।