June 1, 2026 0 MIN READ

सडक सहज बनेपछि मुस्ताङमा पर्यटकको चहलपहल, मुक्तिनाथ र कागबेनीमा भक्तजनको घुइँचो

0 MIN READ
%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%b8%e0%a4%b9%e0%a4%9c-%e0%a4%ac%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be

नवराज पथिक, नेपाल न्यूज बैंक

रामेछाप । सडक पहुँच सहज बन्दै गएपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी मुक्तिनाथ मन्दिर र कागबेनी क्षेत्रमा यतिबेला दर्शनार्थी तथा पर्यटकको घुइँचो लागेको छ।

पोखराबाट मुस्ताङसम्मको यात्रा सहज बनेसँगै मुक्तिनाथ दर्शन र कागबेनी भ्रमणमा जाने यात्रुको संख्या बढेको स्थानीय व्यवसायीहरू बताउँछन्। सडकमा सवारीसाधनको चाप बढ्नुका साथै होटल, रेस्टुरेन्ट र यातायात व्यवसायमा समेत चहलपहल बढेको छ।

समुद्री सतहबाट करिब ३,८०० मिटर उचाइमा रहेको मुक्तिनाथ हिन्दु र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ। धार्मिक विश्वासअनुसार १०८ धारामा स्नान र पवित्र कुण्डमा डुबुल्की लगाएपछि पापबाट मुक्ति मिल्ने विश्वास छ।

मुक्तिनाथको प्रवेशद्वार मानिने कागबेनी पनि धार्मिक महत्वका कारण दर्शनार्थीको आकर्षणको केन्द्र बनेको छ। कालीगण्डकी किनारस्थित कागबेनीमा श्राद्ध, तर्पण र पितृकार्य गर्न विभिन्न जिल्लाबाट श्रद्धालुहरू पुग्ने गरेका छन्।

धार्मिक आस्थासँगै मुस्ताङको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र मौलिक संस्कृति पनि पर्यटक आकर्षणका प्रमुख आधार बनेका छन्। सडक सुविधा विस्तारसँगै आगामी दिनमा पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको छ।