June 3, 2026 0 MIN READ

भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीसँग भेट्ने

0 MIN READ
%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%b0%e0%a4%b5%e0%a4%bf-%e0%a4%b2%e0%a4%be

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।

भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार बिहान १०:३० बजे नयाँ दिल्लीमा मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि मंगलबार लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए।

रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा टोलीले विभिन्न राजनीतिक नेतृत्व तथा सरकारी अधिकारीहरूसँग भेटघाट र छलफललाई निरन्तरता दिएको छ।