भारत–नेपाल द्विपक्षीय मामिलामा तेस्रो पक्ष आवश्यक नरहेको भारतको स्पष्टोक्ति

%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%bf%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%80%e0%a4%af-%e0%a4%ae%e0%a4%be

एजेन्सी । भारतले भारत र नेपाल बीचका द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको भूमिका आवश्यक नरहेको स्पष्ट पारेको छ।

नियमित मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाल ले सीमा विवादका सबै विषयहरू सम्बोधन गर्न दुई देशबीच द्विपक्षीय संयन्त्रहरू पहिले नै सक्रिय रहेको बताए।

उनका अनुसार भारत–नेपाल सीमाको करिब ९८ प्रतिशत सीमाङ्कन भइसकेको भए पनि केही भाग अझै बाँकी छन्। ती क्षेत्रमा नदीको धार परिवर्तनका कारण समस्या देखिएको र सीमांकन तथा नक्साङ्कनको काम संयुक्त रूपमा भइरहेको उनले उल्लेख गरे।

जयसवालले सीमांकन गरिएका क्षेत्रमा देखिने अतिक्रमण र भूमिसम्बन्धी विवाद पनि दुवै पक्षले संयुक्त रूपमा समाधान गरिरहेको बताए।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ले सीमा विषयमा तेस्रो पक्षको संलग्नता आवश्यक हुन सक्ने अभिव्यक्ति दिएको प्रसंगमा प्रश्न उठाइँदा भारतले यस्तो विषय वार्ताबाटै समाधान हुनेमा आफ्नो प्रतिबद्धता दोहोर्‍याएको हो।

उनले भारत–नेपाल सीमा मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहेको र सबै मुद्दा द्विपक्षीय ढाँचामार्फत समाधान गरिने स्पष्ट पारे।