बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा अर्थमन्त्रीले धम्कीको शैली अपनाएः वर्षमान पुन

%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%9c%e0%a4%b5%e0%a4%be%e0%a4%ab-%e0%a4%a6%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6

नेकपा सांसद वर्षमान पुनले शुक्रबार प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् र सार्वजनिक लेखा समितिमा धाकधम्की दिएको भन्दै कडा आपत्ति जनाए। अर्थमन्त्रीले सातवटा करका दर हेरफेर गरेको आफैं स्वीकार गरेकोलाई उनले आर्थिक अपराध भन्दै संसद्को मानहानी भएको बताए। साथै, जेठ १७ गते प्रधानमन्त्रीले “नेपालले पनि भारतको भूमि मिचेको छ” भनी दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन र प्रधानमन्त्री आफैंले जवाफ दिनुपर्ने माग गर्दै सभामुखको रुलिङ मागे।