June 1, 2026 0 MIN READ

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षी दल एकजुट, माफी माग्न माग

0 MIN READ
%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%b5%e0%a5%8d%e0%a4%af-3

काठमाडौं । नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै स्पष्टिकरण र माफीको माग गरेका छन्।

सोमबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विभिन्न दलका सांसदहरूले प्रधानमन्त्रीको भनाइ गम्भीर विषय भएकाले त्यसबारे संसदमा स्पष्ट धारणा राख्नुपर्ने बताएका हुन्।

राप्रपाकी सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सामान्य रूपमा लिन नसकिने बताउँदै सरकार र सत्तारुढ दलले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताइन्।

श्रम, संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको भनाइ अपरिपक्व रहेको टिप्पणी गर्दै त्यसबारे संसदमा स्पष्टीकरण दिनुपर्ने बताए।

नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भएको आरोप लगाउँदै दाबी पुष्टि गर्न नसके संसदबाटै माफी माग्नुपर्ने धारणा राखे।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू एकमत देखिएका छन् भने संसद र राजनीतिक वृत्तमा यस विषयले थप बहस सिर्जना गरेको छ।