June 2, 2026 0 MIN READ

नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष पूरा, घटनाबारे रहस्य अझै कायम

0 MIN READ
%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a4%b9%e0%a4%bf%e0%a4%9f%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af

काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ। नेपालको इतिहासकै सबैभन्दा रहस्यमय घटनामध्ये एक मानिने यस घटनाको सत्यतथ्य अझै स्पष्ट हुन सकेको छैन।

वि.सं. २०५८ जेठ १९ गते राति तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो।

तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित छानबिन समितिले युवराज दिपेन्द्रले गोली चलाएको निष्कर्ष सार्वजनिक गरे पनि घटनाबारे विभिन्न प्रश्न र शंकाहरू अझै उठ्दै आएका छन्।