अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र
0 MIN READ
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकले अब सिटिजन पोर्टलमार्फत ई–राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने व्यवस्था सुरु गरेको छ। राष्ट्रिय परिचय नम्बर प्राप्त गरिसकेका नागरिकले नाम, जन्ममिति र नागरिकता जारी मिति प्रविष्ट गरेर फोटो, क्यूआर कोड र पासवर्ड सुरक्षित ‘प्रोभिजनल नेसनल आइडेन्टिटी कार्ड’ डाउनलोड गर्न सक्नेछन्। विभागले यसलाई सेवाप्रवाह सहज बनाउन परीक्षणका रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।