मुगुको नेरघाटमा बेलीब्रिज बनेपछिझोलुङ्गे पुलको जोखिम अन्त्य

सडक सञ्जालमा पुल वा बेलीब्रिजको अभावले पछि परेको हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका वडा नम्बर ५ नेरघाटमा बेलीब्रिज निर्माण सम्पन्न भएसँगै यो क्षेत्र अब कर्णाली करिडोरमा जोडिएको छ । वर्षौंदेखि तुईन र झोलुङ्गे पुलमार्फत जोखिमपूर्ण आवतजावत गर्दै आएका स्थानीयबासीले अब बेलीब्रिजको सुविधा उपभोग गर्न पाएका छन् । यसका साथै गाउँमा उत्पादित स्थानीय रैथाने बालीले बजार पाउने र आयस्रोत बढ्ने भएकाले स्थानीयबासी खुसी देखिएका छन् । पूर्वाधार विकास कार्यालय मुगुले २०८१ साल असार ४ गते ४ करोड ९४ लाख रुपैयाँमा ठेक्का आह्वान गरेको ६० मिटर लम्बाइको यो बेलीब्रिज २०८३ असार मसान्तमा निर्माण सम्पन्न भएको हो । अब नेर र ताजा गाउँका १५ सयभन्दा बढी नागरिकले यस पुलबाट दैनिक आवतजावत गर्न पाउनेछन् । स्थानीय विरुपक्ष शाहीका अनुसार पहिले पुल नहुँदा घाँसको तुइन प्रयोग गरिन्थ्यो, त्यसपछि झोलुङ्गे पुल प्रयोगमा आएको थियो, तर अब बेलीब्रिजले मानिस र पशुचौपायको ओहोरदोहोरलाई समेत सहज बनाएको छ । सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीले यो पुलले बजार पहुँचसँगै स्थानीय नागरिकको आयआर्जनमा पनि सुधार ल्याउने बताएका छन् । रिडार्क नेपाल प्रालि, ललितपुरले ठेक्का पाएको यस पुलको निर्माण कार्य हुम्ला कर्णाली नदीतर्फको बढी पानीको बहाव र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यवृद्धिका कारण केही ढिलो भएको थियो । पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी मनमोहन सिंह खड्काका अनुसार यस पुलबाट मुगुको नेर…