बुद्धनगर आत्म’दाह प्रयास : परिवारको आग्रह– तथ्य पुष्टि गरेर मात्र समाचार लेख्नुस्
काठमाडौंको बुद्धनगरमा आत्म'दाह प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको वीर अस्पतालमा उपचार भइरहेको छ। शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि परिवार, छिमेकी तथा स्थानीयको सहयोगमा आगो निभाएर उनलाई तत्काल अस्पताल पुर्याइएको थियो। राउतका भाइ दीपक राउतका अनुसार घटना बिहान करिब ६ बजेतिर भएको हो। परिवार श्राद्धको तयारीमा रहेका बेला राउतले बाहिर गएर स्कुटरबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए। त्यसपछि परिवारका सदस्य, छिमेकी र नजिकैको होस्टेलमा बस्ने युवाहरूको सहयोगमा उद्धार गरी प्रहरीलाई जानकारी दिँदै अस्पताल लगिएको उनले बताए। परिवारका अनुसार अश्विन राउतको करिब एक वर्षअघि स्पाइनल कर्डको शल्यक्रिया गरिएको थियो। उपचारपछि अपेक्षाअनुसार स्वास्थ्यमा सुधार हुन नसक्दा उनी मानसिक तनावमा रहेको परिवारले महसुस गरेको जनाएको छ। थप उपचारको तयारी भइरहेका बेला उनले यस्तो कदम चालेको परिवारको भनाइ छ। घटनापछि केही सञ्चारमाध्यमले यसलाई पारिवारिक विवादसँग जोडेर समाचार प्रकाशित गरेको भन्दै परिवारले आपत्ति जनाएको छ। दीपक राउतले यस्ता आधारहीन र अपुष्ट समाचारले घटनाबाट पहिले नै शोक र तनावमा रहेको परिवारलाई थप मानसिक पीडा पुगेको बताए। उनले प्रत्येक घटनाको पृष्ठभूमि फरक हुने भएकाले तथ्य पुष्टि नगरी अनुमानका आधारमा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्। परिवारले संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा जिम्मेवार पत्रकारिता, तथ्यपरकता र संयम आवश्यक हुने उल्लेख गर्दै भ्रामक सामग्री सच्याउन सम्बन्धित पक्षसँग मागसमेत गरेको छ। हाल अश्विन…