July 13, 2026 0 MIN READ

गगन थापाको घर अगाडि फेरि शंकास्पद गाडी पार्किङ

0 MIN READ
suspicious-car-parked-outside-gagan-thapa-house

काठमाडौंको रातोपुलस्थित नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि शंकास्पद अवस्थामा एउटा गाडी पार्किङ गरिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको उक्त गाडी सोमबार बिहान करिब ७ बजेदेखि निवासअगाडि राखिएको हो।

स्थानीय बासिन्दाले गाडी यस्तो स्थानमा पार्किङ गरिएको बताएका छन्, जहाँबाट मोटरसाइकलसमेत सहज रूपमा आवतजावत गर्न कठिन भएको थियो। यसले स्थानीयस्तरमा शंका र चासो उत्पन्न गरेको छ।

प्रत्यक्षदर्शीहरूको दाबीअनुसार गाडी पार्किङ गरेपछि चालक नेपाल प्रहरीको एउटा गाडीमा चढेर त्यहाँबाट गएको देखिएको थियो। यद्यपि यो दाबीबारे सम्बन्धित सुरक्षा निकायबाट आधिकारिक पुष्टि भएको छैन।

घटनाबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन। गाडी किन त्यहाँ राखिएको थियो, चालकको परिचय के हो र सुरक्षा निकायले यसबारे के अनुसन्धान गरिरहेको छ भन्ने विषयमा थप जानकारी आउन बाँकी रहेको छ।