‘राइडरले ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, आफ्ना कमजोरी पनि सच्याउनुपर्छ’
स्वतन्त्र चालक फाउण्डेशन नेपालले काठमाडौंको बालाजुमा ट्राफिक सचेतना अभियान सञ्चालन गर्दै राइडरहरूलाई ट्राफिक नियम पालना, हेल्मेटको अनिवार्य प्रयोग, अफलाइन राइड नगर्न तथा जिम्मेवार रूपमा सवारी चलाउन आग्रह गरेको छ। संस्थाले राइडरहरूले आफ्ना कमजोरी पनि सुधार्नुपर्ने, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको भन्दै सरकार र राइड सेयरिङ कम्पनीहरूलाई राइडरमैत्री नीति तथा सुविधा सुनिश्चित गर्न आग्रह गरेको छ.