नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’
नेपालमा ठूलो बजेटको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ प्रदर्शनमा आएको छ । क्यापिटल वल्र्डमार्फत नेपाल भित्रिएको यो फिल्म शनिबार बेलुकादेखि देशभरका हलहरूमा देखाइँदै छ । फिल्मले हिमालयको गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको खजाना र श्रीरङ्गापुरम् मन्दिरको ऐतिहासिक ‘ब्रह्म कमल’ (सुनौलो फूल) को रहस्यलाई भव्य ढंगले प्रस्तुत गरेको छ ।
अभिषेक नामाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विराट कर्णले भगवान् शिवको उग्र रूप रुद्रको भूमिका निर्वाह गरेका छन् । उनी आफ्नो समुदाय र धार्मिक सम्पदालाई दुष्ट शक्तिबाट जोगाउन जीवनको बाजी लगाएर लडिरहेका छन् । फिल्ममा नभा नतेश, ऐश्वर्या मेनन, महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा, ऋषभ साहनी र रामचन्द्र राजु (खलनायक) को प्रमुख अभिनय छ ।
निर्माण पक्षले पौराणिक कथालाई सामाजिक, राजनीतिक र साम्प्रदायिक विषयसँग जोडेर प्रस्तुत गरेको छ । हिन्दु आस्थावान् दर्शकका लागि यो फिल्म विशेष आकर्षण बनेको छ ।
फिल्म कस्तो छ? फिल्मले धर्म, आस्था र शक्तिको द्वन्द्वलाई मुख्य विषय बनाएको छ । अमरत्व र असीम शक्तिको लोभमा लागेका खलपात्रहरू अब्दाली र बैरागीविरुद्ध रुद्रले पवित्र सम्पदाको रक्षाका लागि संघर्ष गर्छन् । १७५६ को ऐतिहासिक फ्ल्यासब्याक, भव्य भिजुअल, शक्तिशाली एक्सन दृश्य र पौराणिक वातावरण फिल्मको मुख्य आकर्षण हुन् ।
समाचार पढ्नुहोस् :
रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा
जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ