नबिल बैंकका ग्राहकलाई डेन्टल क्लिनिकमा विशेष छुट
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष सहकार्य गरेको छ ।
सम्झौताबमोजिम नबिल बैंकका ग्राहकले उक्त क्लिनिकबाट दन्त उपचारसम्बन्धी विभिन्न सेवामा छुट तथा निःशुल्क सुविधा पाउनेछन् । ग्राहकले निःशुल्क दर्ता, प्रारम्भिक परीक्षण, उपचार योजना, फलोअप परीक्षण र एक्स–रे सेवा निःशुल्क प्राप्त गर्नेछन् ।
निवारक दन्त उपचारअन्तर्गत स्केलिङ, पिट एन्ड फिसर सिलेन्ट, क्लास १–५ फिलिङ तथा एक्वाकेयर पोलिसिङमा १५ प्रतिशत छुट दिइने बैंकले जनाएको छ । विशेषज्ञ उपचारअन्तर्गत रुट क्यानल ट्रिटमेन्ट (आरसीटी), क्राउन, ब्रेसेस, एलाइनर, इम्प्लान्ट र पेरियोडोन्टल उपचारमा भने १० प्रतिशत छुट उपलब्ध हुनेछ ।
नबिल कार्ड, मोबाइल बैंकिङ वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्ने ग्राहकले मात्र यो सुविधा पाउनेछन् । बैंकका अनुसार यो विशेष अफर २० जुन २०२७ सम्म लागू रहनेछ ।
ग्राहकलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले विभिन्न क्षेत्रका सेवा प्रदायकसँग निरन्तर सहकार्य गर्दै आएको जनाएको छ ।