मिसेस ग्राण्ड इन्टरनेशनल–२०२६ मा नेपालको प्रतिनिधित्व गर्न म्यान्मार प्रस्थान गरिन् प्रतिक्षा थापा
मिसेस ग्राण्ड इन्टरनेशनल नेपाल–२०२६ प्रतिक्षा थापा प्रतिष्ठित ‘मिसेस ग्राण्ड इन्टरनेशनल–२०२६’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न म्यान्मार प्रस्थान गरेकी छन्। प्रतियोगितामा सहभागी हुनुअघि उनले नेपालको संस्कृति, मौलिकता, परम्परा, सौन्दर्य तथा महिला सशक्तीकरणको सन्देश अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
आयोजकका अनुसार उनले रनवे, व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, फिटनेस, स्टाइलिङ र फोटोसुटलगायत विभिन्न प्रशिक्षण पूरा गरेकी छन्। प्रतियोगितामा उनीसँगै नेशनल डाइरेक्टर ओशिमा बानु पनि म्यान्मार गएकी छन्
प्रतिक्षाको सहभागिताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थितिलाई थप सशक्त बनाउने तथा नेपाली महिलाको आत्मविश्वास, क्षमता र दृढ संकल्पलाई विश्वसामु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।