July 9, 2026 0 MIN READ

मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च सुरु, फर्जी तमसुक जलाएर आन्दोलनको घोषणा

0 MIN READ
meterbyaj-pidit-janakpur-kathmandu-padal-march

देशभरका मिटरब्याज पीडितहरूले आफ्ना माग पूरा गराउन जनकपुरधामबाट काठमाडौंसम्म पैदल मार्च सुरु गरेका छन्। बिहीबार तिरहुतिया गाछी मैदानबाट सुरु भएको मार्चमा विभिन्न जिल्लाबाट आएका पीडितहरूको सहभागिता रहेको थियो। आन्दोलनको सुरुआतअघि उनीहरूले फर्जी तमसुक जलाएर शोषणविरुद्ध प्रतीकात्मक विरोध जनाएका थिए भने मशाल बालेर अभियानको औपचारिक शुभारम्भ गरेका थिए। पीडितहरूले सरकारले बारम्बार आश्वासन दिए पनि समस्या समाधानमा ठोस पहल नगरेको भन्दै यसपटकको आन्दोलन निर्णायक हुने बताएका छन्।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले सरकारसँग चार पटक सहमति भए पनि ती कार्यान्वयन नभएकाले पुनः सडक आन्दोलन गर्न बाध्य भएको बताए। उनले प्रधानमन्त्री बन्नुअघि जनकपुरबाट मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइएको स्मरण गराउँदै सरकारको सय दिन बितिसक्दा पनि आफूहरूका माग बेवास्ता गरिएको आरोप लगाए। उनले काठमाडौं पुग्नुअघि नै सरकारले माग सम्बोधन गर्ने अपेक्षा व्यक्त गरे पनि त्यसो नभए थप सशक्त आन्दोलन गरिने चेतावनी दिए। साथै देशभरका मिटरब्याज पीडितलाई काठमाडौंसम्मको पैदल यात्रामा सहभागी हुन आह्वान गर्दै अन्याय र आर्थिक शोषणविरुद्ध एकजुट हुन आग्रह गरे।