‘मन बिनाको धन–२’ मा सेलिब्रेटी हेयरस्टाइलिस राम ठाकुर जोडिए

man-binako-dhan-2-ram-thakur

टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘मन बिनाको धन–२’ मा चर्चित सेलिब्रेटी हेयरस्टाइलिस राम ठाकुर जोडिएका छन्। संगीतकार तथा गायकसमेत रहेका निर्देशक बुढाथोकीले रामलाई फिल्मको हेयरस्टाइलिङ विभागको जिम्मेवारी दिँदै सम्झौता गरेका हुन्।

बुढाथोकीका अनुसार रामले विगत लामो समयदेखि उनका फिल्म र म्युजिक भिडिओमा हेयर विभाग सम्हाल्दै आएका छन्। फिल्ममा काम गर्ने अवसर पाउँदा आफू उत्साहित रहेको रामले बताएका छन्। अभिनेता राजेश हमाल र निखिल उप्रेतीका हेयरस्टाइलिसका रूपमा परिचित रामले दुई दशकभन्दा बढी समयदेखि विभिन्न कलाकारसँग काम गर्दै आएका छन्। उनले फिल्ममा अभिनयसमेत गर्नेछन्।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, किरण केसीलगायत कलाकारको अभिनय रहनेछ। फिल्मको छायांकन भदौको पहिलो साताबाट काठमाडौं उपत्यका र मुस्ताङका विभिन्न स्थानमा सुरु हुने निर्माण पक्षले जनाएको छ।