मदन भण्डारी स्मृति सामुदायिक पार्क रङरोगनसहित नयाँ स्वरूपमा सजिँदै
सार्वजनिक आकर्षणको केन्द्रका रूपमा परिचित मदन भण्डारी स्मृति सामुदायिक पार्क हाल रङरोगन तथा सौन्दर्यीकरणको कामले नयाँ रूप लिँदै छ। पार्कभित्रका विभिन्न संरचना, मूल प्रवेशद्वार, रेलिङ, बस्ने बेन्च, पर्खाल लगायत अन्य भौतिक पूर्वाधारमा रङरोगनको काम तीव्र गतिमा अघि बढाइएको छ।




