सरकारको सय दिनबारे कोशीबासीको प्रतिक्रिया

koshi-residents-react-to-governments-first-100-days

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिन पूरा गर्दा कोशी प्रदेशका स्थानीयवासीले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले भ्रष्टाचारविरुद्धको कदम र केही नीतिगत निर्णयको प्रशंसा गरेका छन् भने अधिकांशले अब घोषणाभन्दा कार्यान्वयन, महँगी नियन्त्रण, साना व्यवसायी, सुकुम्बासी र कृषकमैत्री नीतिमा सरकार केन्द्रित हुनुपर्ने बताएका छन्।