सुनचाँदीको मूल्य घट्यो
0 MIN READ
काठमाडौं । आज बुधबार नेपाली सुनचाँदी बजारमा मूल्य घट्न गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, प्रति तोला सुनको मूल्य ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ, जुन मंगलबार २ लाख ७७ हजार ९०० रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रति तोला ४ हजार २७० रुपैयाँमा कारोबार हुँदै छ, जबकि मंगलबार यसको मूल्य ४ हजार २८५ रुपैयाँ थियो ।