सुनचाँदीको मूल्यमा गिरावट
0 MIN READ
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । आज चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबार ४ हजार ५ सय रुपैयाँ थियो ।