फिरिरीको दोस्रो हप्ताको लक्की ड्र विजेता बनिन् काजोल सुन्धौली

firiri-second-week-lucky-draw-winner-kajol-sundhauli

नेपाली राइड सेयरिङ तथा डिजिटल सेवा प्लेटफर्म फिरिरी एप प्रयोगकर्तामध्ये काजोल सुन्धौली दोस्रो हप्ताको लक्की ड्र विजेता बनेकी छन् । उनले फिरिरीमार्फत बाइक सेवा लिएबापत लक्की ड्रमा मोबाइल फोन र ब्याग उपहार प्राप्त गरेकी हुन् ।

विजेता काजोलका अनुसार आफन्तबाट फिरिरी एपबारे जानकारी पाएपछि उनले एप डाउनलोड गरेकी थिइन् । नेपालीले निर्माण गरेको आफ्नै राइड सेयरिङ एप भएको थाहा पाएपछि आफूले पछिल्लो समय नियमित रूपमा फिरिरीको सेवा प्रयोग गर्न थालेको उनले बताइन् ।

काजोलले फिरिरीको सेवा आफूलाई राम्रो लागेको र अन्य सेवाको तुलनामा महँगो नभएको बताइन् । नेपालीले निर्माण गरेको डिजिटल प्लेटफर्म भएकाले पनि यसको प्रयोग गर्न आफूलाई थप प्रेरणा मिलेको उनको भनाइ छ । उनका अनुसार अहिले बजारमा चर्चित धेरै राइड सेयरिङ कम्पनी विदेशी भएकाले नेपालीको आफ्नै प्लेटफर्मलाई प्रयोग र प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ ।

फिरिरीका प्रबन्ध निर्देशक कुशल खड्काका अनुसार सञ्चालनमा आएको दुई महिनामै करिब १० हजार राइडर्स फिरिरीमा जोडिएका छन् । नेपालीले निर्माण गरेको नेपाली डिजिटल प्लेटफर्मका रूपमा फिरिरीलाई देशभर विस्तार गर्ने योजना रहेको उनले बताए ।

हाल काठमाडौं उपत्यकामा सेवा दिइरहेको फिरिरीले चाँडै देशका प्रमुख शहरहरूमा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको खड्काले जानकारी दिए । कम्पनीले राइड सेयरिङलाई मात्रै सीमित नराखी विभिन्न डिजिटल सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

फिरिरीमा राइड सेयरिङ सेवाका अतिरिक्त फुड डेलिभरी, होटल बुकिङ, मार्केटप्लेस तथा घरजग्गासम्बन्धी सेवासमेत उपलब्ध छन् । एउटै एपमार्फत विभिन्न प्रकारका डिजिटल सेवा लिन सकिने भएकाले फिरिरीलाई बहुउपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

प्रयोगकर्तालाई आफ्ना विभिन्न सेवा प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै ग्राहकसँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यले फिरिरीले साप्ताहिक लक्की ड्र कार्यक्रम सञ्चालन गर्दै आएको छ । कम्पनीले आफ्ना सेवा प्रयोग गर्ने उपभोक्तामध्येबाट प्रत्येक साता एक जना विजेता छनोट गरी विभिन्न उपहार प्रदान गर्दै आएको जनाएको छ ।

यसअघि पहिलो हप्ताको लक्की ड्रमा श्रृजना राज्यलक्ष्मी राणा विजेता बनेकी थिइन् । दोस्रो हप्ताको लक्की ड्रमा काजोल सुन्धौली विजेता बनेकी हुन् । कम्पनीका अनुसार नियमित रूपमा सञ्चालन हुने लक्की ड्रले प्रयोगकर्तालाई फिरिरीका विभिन्न सेवा प्रयोग गर्न थप प्रोत्साहित गर्ने तथा कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।