सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित
काठमाडौं । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई बहुमतका साथ पारित गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावलाई निर्णयार्थ राख्दा प्रतिनिधिसभाबाट बहुमतका साथ विधेयक पारित भएको हो।