कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । उम्मेदवारी दर्तासँगै सभापतिदेखि सहमहामन्त्रीसम्म विभिन्न पदमा प्रतिस्पर्धा गर्ने नेताहरूको प्रारम्भिक सूची सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा तीन जना नेताबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न पदमा पनि ठूलो संख्यामा नेताहरूले उम्मेदवारी दिएका छन् ।
महाधिवेशनमा उम्मेदवारी दिएका नेताहरूको सूचीमा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारीसँगै विभिन्न समूह, समुदाय र क्षेत्रको प्रतिनिधित्व गर्ने नेताहरू समेटिएका छन् ।
सभापति पदका उम्मेदवार
सभापति पदमा तीन जना नेताले उम्मेदवारी दिएका छन् ।
१. गगनकुमार थापा
२. किशोरसिंह राठौर
३. श्यामकृष्ण खड्गी
वरिष्ठ उपसभापति
वरिष्ठ उपसभापति पदमा:
१. विश्वप्रकाश शर्मा
उपसभापति महिला
महिला उपसभापति पदमा:
१. पुष्पा भुसाल
उपसभापति खुला
खुला उपसभापति पदमा नौ जनाले उम्मेदवारी दिएका छन् ।
१. डा. चन्द्रकान्त भण्डारी
२. देवराज चालिसे
३. सुरेन्द्रराज पाण्डे
४. मधु आचार्य
५. डा. मिनेन्द्र रिजाल
६. दीपक गिरी
७. धनराज गुरुङ
८. गोविन्द भट्टराई
९. डा. चन्द्रमोहन यादव
उपसभापति समावेशी
समावेशी उपसभापति पदमा:
१. विनोद चौधरी
२. फरमुल्लाह मन्सुर
३. जीवन परियार
४. रञ्जित कर्ण
५. सीता गुरुङ
महामन्त्री खुला
खुला महामन्त्री पदमा आठ जनाले उम्मेदवारी दिएका छन् ।
१. प्रदीप पौडेल
२. गुरुराज घिमिरे
३. उदयशमशेर राणा
४. अमरसिंह पुन
५. नैनसिंह महर
६. शंकर तिवारी
७. डा. सुनील शर्मा
८. डा. सन्तोष उपाध्याय
महामन्त्री महिला
महिला महामन्त्री पदमा:
१. डिला संग्रौला
२. रिता खनाल
३. महालक्ष्मी उपाध्याय ‘डिना’
सहमहामन्त्री महिला
१. नानुमैया बास्तोला
२. प्रतिमा गौतम
सहमहामन्त्री खुला
१. अजयबाबु शिवाकोटी
२. अमृतकुमार अर्याल
३. देवेन्द्रराज कण्डेल
४. दिनेश कोइराला
५. डिल्लीराम सुवेदी
६. विकास कोइराला
७. विमलराज क्षेत्री
८. रमेशप्रसाद धमला
९. रामहरि खतिवडा
१०. राजीव ढुंगाना
सहमहामन्त्री आदिवासी जनजाति
१. ओमबहादुर घर्ती मगर
२. तारामान गुरुङ
३. दिलमान पाख्रिन
४. प्रशान्तमानसिंह मास्के
५. बहादुरसिंह लामा तामाङ
सहमहामन्त्री दलित
१. नरेन्द्र पासवान
२. प्रकाश रसाइली ‘स्नेही’
३. मानबहादुर नेपाली
४. लक्ष्मी परियार
सहमहामन्त्री मधेसी
१. अजयकुमार चौरसिया
२. अभिषेकप्रताप शाह
३. किरण यादव
४. नगिना यादव
५. मनिषकुमार मिश्र
६. महेन्द्र यादव
७. मुक्ता कुमारी यादव
८. रामपल्टन शाह
सहमहामन्त्री खसआर्य
१. जगदिश्वर नरसिंह केसी
२. मनोजमणि आचार्य
३. शुभराम बस्नेत
सहमहामन्त्री थारू
१. तेजुलाल चौधरी
२. योगेन्द्र चौधरी
३. सुरेन्द्रप्रसाद चौधरी
सहमहामन्त्री मुस्लिम
१. अतहर कमाल मुसलमान
२. अब्दुल सत्तार
३. डा. मो. फिरदौश आलम
सहमहामन्त्री पिछडिएको क्षेत्र
१. जीवनबहादुर शाही
२. कर्णबहादुर बुढा
३. जनकराज गिरी
४. रामबहादुर बिष्ट
५. नारायणप्रसाद भट्टराई
६. मिनबहादुर भाम
७. राजन कुँवर
सहमहामन्त्री अल्पसंख्यक वा अपाङ्गता
१. आङगेलु शेर्पा
२. नगेन्द्रकुमार कुमाल
३. बाबुकृष्ण सापकोटा
४. योगेश गौचन थकाली
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएसँगै नयाँ नेतृत्व चयनका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ । अब महाधिवेशनबाट कुन नेताले बाजी मार्छन् भन्ने विषयमा कांग्रेस कार्यकर्तासँगै राजनीतिक वृत्तमा चासो बढेको छ ।