रोजीरोटीका लागि दृष्टिविहीनहरू सडकमा
रोजीरोटीको ग्यारेन्टी र वैकल्पिक रोजगारीको माग राख्दै दृष्टिविहीन नागरिकहरू काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका छन्। आफ्नो जीविकोपार्जनको अधिकार सुनिश्चित गर्न, वैकल्पिक रोजगारीको व्यवस्था मिलाउन र अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक जीवनयापनको ग्यारेन्टी दिनुपर्ने मागसहित उनीहरूले सरकारविरुद्ध आवाज उठाएका हुन्।