विष्णु पौडेल ५ दिन थप हिरासतमा, अदालतको अनुमति

bishnu-paudel-hirasat-adalat-anumati-sampatti-shuddhikaran

काठमाडौँ । सम्पत्ति शुद्धीकरण कसुरमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान अझै पाँच दिन थप्न विशेष अदालत काठमाडौँले अनुमति दिएको छ ।

न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले यो अनुमति प्रदान गरेको हो ।

व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबारका सम्बन्धमा चलिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको थियो । यसअघि नै अदालतले उनको हिरासत अवधि तीन पटकसम्म थप गरिसकेको छ ।