भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा ५७ वर्षीय व्यक्ति मृत भेटिए
भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान मृत भेटिएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनी आफू बस्दै आएको कोठामा मृत अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ।
पासवान यसअघि थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए। सरकारले त्यहाँका टहरा भत्काएपछि उनी पछिल्लो समय बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए।