प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको छ : मुख्यमन्त्री कार्की

%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%96%e0%a5%87%e0%a4%b2-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4

विराटनगर, असार ३१ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरूको सम्मानमा आयोजित कार्यक्रममा उनले खेलाडीहरू निराश नहुने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए। विद्यालय उमेरका किशोर–किशोरीलाई खेलकुदतर्फ आकर्षित गर्न पुरस्कार र सम्मानका कार्यक्रम सञ्चालन गरिएको पनि उनले उल्लेख गरे।गत जेठ २०–२२ गते काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कोशी प्रदेशले स्वर्ण, रजत र कांस्य गरी कुल २८ पदक जितेको थियो। प्रदेश सरकारले स्वर्ण पदक विजेतालाई १ लाख रुपैयाँ, रजतलाई ७५ हजार रुपैयाँ र कांस्य पदक विजेतालाई ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ। साथै प्रशिक्षकलाई १५ हजार र व्यवस्थापकलाई १० हजार रुपैयाँसहित सम्मान गरिनेछ।