अजित मिजारको न्याय माग्दै कांग्रेस युवाद्वारा प्रदर्शन
0 MIN READ
काठमाडौं । काभ्रे पाँचखाल नगरपालिका–७ होक्सेका अजित मिजारको हत्याबारे न्यायको माग गर्दै नेपाली कांग्रेसका युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
महाराजगन्जस्थित मेडिकल क्याम्पस अगाडि प्लेकार्डसहित गरिएको प्रदर्शन नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र जातीय विभेदविरुद्ध सचेतना अभियान उपसमितिको अगुवाइमा गरिएको हो। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाही गर्न माग गरेका छन्।
उपसमिति संयोजक एलिजा ढकालका अनुसार न्याय दिलाउने उद्देश्यले प्रदर्शन गरिएको हो र पीडित परिवारसँग भेटेर सान्त्वना पनि दिइएको छ। उनका अनुसार अन्तरजातीय विवाहका कारण मिजारको हत्या भएको दाबी अनुसन्धानले देखाएको भए पनि राज्यले न्याय दिन नसकेको आरोप छ।
२०७३ असार २९ गते बेपत्ता भएका १८ वर्षीय अजित मिजारको शव पछि धादिङको फुर्केखोलामा झुन्डिएको अवस्थामा फेला परेको थियो। घटनापछि परिवार र अभियन्ताहरूले निरन्तर न्यायको माग गर्दै आएका छन्।