कांग्रेस अनुशासन समितिको बैठक आज, उजुरी र अनुशासनका विषयमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा दिउँसो १ बजे हुने बैठकमा पार्टीभित्रको अनुशासन, प्राप्त उजुरीहरूको अध्ययन तथा आगामी कार्ययोजनाबारे छलफल गरिने जनाइएको छ।
समितिले बैठकमा उपस्थित हुन सबै सदस्यलाई निर्देशनअनुसार सहभागी हुन अनुरोध गरेको छ। बैठकले अनुशासन सम्बन्धी विषयमा आवश्यक निर्णय तथा आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।