June 3, 2026 0 MIN READ

सरकारी सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिने : सञ्चारमन्त्री

0 MIN READ
%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको करबाट सञ्चालन हुने सञ्चारमाध्यमहरूको प्रभावकारिता मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा बोल्दै उनले लोककल्याणकारी विज्ञापनमार्फत वितरण हुने सरकारी रकमको दुरुपयोग भइरहेको हुन सक्ने भन्दै त्यसबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए। उनका अनुसार अनुदान वा विज्ञापनका लागि मात्र सञ्चालनमा रहेका सञ्चारमाध्यमहरूले जनतालाई कत्तिको सूचना प्रवाह गरिरहेका छन् भन्ने विषय प्रमाणका आधारमा मूल्याङ्कन हुनुपर्छ।

मन्त्री तिमिल्सिनाले जनताको करको रकम कुनै पनि तहको सरकारले मनपरी रूपमा बाँड्न नहुने स्पष्ट पार्दै राज्यको लगानीले जनहित सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले मिडियाको क्षमता अभिवृद्धि गर्न राज्य जिम्मेवार भए पनि दुरुपयोग गर्ने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने बताए। बैठकमा उनले कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा समेत राखे।