June 3, 2026 0 MIN READ

आकस्मिक बैठक सूचना र अनुपस्थितिसम्बन्धी स्पष्ट नियम आवश्यक : सभापति बास्कोटा

0 MIN READ
%e0%a4%86%e0%a4%95%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%ac%e0%a5%88%e0%a4%a0%e0%a4%95-%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%b0-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%aa

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समिक्षा बास्कोटाले समिति बैठकलाई व्यवस्थित र उत्तरदायी बनाउन आकस्मिक बैठकको सूचना, डिजिटल हाजिरी तथा सदस्यहरूको उपस्थितिसम्बन्धी प्रावधान स्पष्ट गर्नुपर्ने बताएकी छन्। बुधबारको समिति बैठकमा कार्यविधि सम्बन्धी छलफलका क्रममा उनले आकस्मिक बैठक भए पनि सूचना कम्तीमा आधा घण्टा वा एक घण्टा अघि दिनुपर्ने अभ्यास संस्थागत गर्नुपर्ने धारणा राखिन्।

उनले डिजिटल हाजिरी प्रणाली सुरु भइसकेकाले त्यसलाई औपचारिक रूपमा कार्यविधिमा समेट्न आवश्यक रहेको बताइन्। सभापति बास्कोटाले लगातार बैठकमा अनुपस्थित हुने सदस्यहरूका लागि पूर्वजानकारी वा लिखित जानकारी अनिवार्य गर्नुपर्ने सुझाव पनि दिइन्। त्यसैगरी सूचना आदानप्रदानका लागि पत्राचार, फोन, इमेल तथा अन्य विद्युतीय माध्यम प्रयोग गर्न सकिने व्यवस्था कार्यविधिमा स्पष्ट गर्नुपर्ने उनको भनाइ थियो।

उनले बैठकलाई विषयकेन्द्रित बनाउन बोल्ने समय सीमा तोक्ने, साथै आवश्यक परे उपसमिति गठन गरी विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने व्यवस्था समेटिनुपर्ने पनि उल्लेख गरिन्।