सरकारले ट्रेड युनियन अधिकार संकुचन गर्न खोजेको आरोप, आयोगमा कांग्रेस युनियनको ध्यानाकर्षण
0 MIN READ
काठमाडौं । सरकारले ट्रेड युनियन अधिकारलाई संकुचन गर्न खोजेको आरोप लगाउँदै नेपाल ट्रेड युनियन कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ।
मंगलबार ट्रेड युनियन कांग्रेसको प्रतिनिधिमण्डलले आयोगका अध्यक्ष तप बहादुर मगरसँग भेट गर्दै वर्तमान सरकारका विभिन्न निर्णयप्रति असन्तुष्टि जनाएको हो।
युनियनका अनुसार निजामती क्षेत्रको ट्रेड युनियन खारेजी, त्रिपक्षीय समितिबाट श्रमिक प्रतिनिधि हटाउने निर्णय तथा सामाजिक सुरक्षा कोषको संरचनागत परिवर्तनले श्रमिक अधिकार कमजोर पार्ने प्रयास भएको छ।
अध्यक्ष योगेन्द्र कुँवरले संवैधानिक तथा कानुनी अधिकारलाई विना संवाद संकुचन गर्ने प्रयास भएको भन्दै आयोगमार्फत छलफल र समाधानको पहल गर्न आग्रह गरेका छन्।
महासचिव अजयकुमार राईका अनुसार आयोगले ट्रेड युनियन अधिकारलाई मानव अधिकारकै हिस्साका रूपमा लिएर गम्भीरतापूर्वक छलफल गर्ने आश्वासन दिएको छ।
युनियनले अन्तर्राष्ट्रिय श्रम मापदण्ड उल्लंघन भएको समेत दाबी गरेको छ।