सीमा विवाद कूटनीतिक संवादबाटै समाधान हुन्छ : सरकार

%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6-%e0%a4%95%e0%a5%82%e0%a4%9f%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%be

काठमाडौं । सरकारले नेपाल–भारतबीच रहेका सीमा सम्बन्धी विवादहरू कूटनीतिक माध्यम र द्विपक्षीय संवादबाट समाधान गर्ने नीति पुनः दोहोर्‍याएको छ।

मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा विवाद समाधानका लागि दुवै देशबीच पहिलेदेखि नै विभिन्न कूटनीतिक संयन्त्र सक्रिय रहेको बताए।

उनका अनुसार सीमा सम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक ब्रिफिङ गरिसकेको छ भने नेपाल र भारतबीच कूटनीतिक नोट आदान–प्रदान हुँदै आएको छ।