June 2, 2026 0 MIN READ

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यता खुला, अनलाइन आवेदन प्रक्रिया सुरु

0 MIN READ
%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुला गरेको छ।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइन आवेदन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार स्वदेश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकले अनलाइनमार्फत नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्नेछन्।

बैठकले नेपालको संविधान, पार्टी विधान, नियमावली तथा अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित योग्य नेपाली नागरिकलाई सदस्यताका लागि आवेदन दिन आह्वान समेत गरेको छ।