June 1, 2026 0 MIN READ

सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच आईटी सहकार्यबारे छलफल

0 MIN READ
%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b0-%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%80

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धसँगै सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा र लगानी विस्तारका विषयमा छलफल भएको हो।

अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपालसँग आईटी र दूरसञ्चार क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताउँदै लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र आवश्यक सहजीकरणको अपेक्षा राखिन्। उनले डिजिटल सुरक्षा, अनलाइन ठगी, अश्लील सामग्री नियन्त्रण तथा बालसुरक्षासम्बन्धी चुनौतीमा सहकार्य गर्न सकिने धारणा पनि राखिन्।

मन्त्री तिमिल्सिनाले नेपाल डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको उल्लेख गर्दै विदेशी लगानी र प्रविधि सहकार्यलाई सरकारले स्वागत गर्ने बताए। उनले सामाजिक सञ्जाल नियन्त्रणभन्दा जिम्मेवार र सुरक्षित डिजिटल वातावरण निर्माणमा सरकार केन्द्रित रहेको स्पष्ट पारे।