रवि लामिछाने पाँचदिने भारत भ्रमणमा, मोदीसँग भेट्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्।
भ्रमणका दौरान उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टी (भाजपा) का नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका हुन्।
उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।
प्रतिनिधिमण्डलमा निकिता पौडेल, विपिन आचार्य, दीपक बोहरा र प्रदीप आचार्य सहभागी छन्। भ्रमण सकेर लामिछाने जेठ २२ गते स्वदेश फर्किने कार्यक्रम छ।