राष्ट्रिय सभा बैठक मंगलबारसम्मका लागि स्थगित
0 MIN READ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिको विरोधमा सांसदहरूले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
सोमबारको बैठकमा सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। विरोधका कारण बैठक सुरुमा २० मिनेटका लागि स्थगित गरिएको थियो।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि अवरोध जारी रहेपछि बैठक मंगलबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको हो।
सांसदहरूले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका थिए।